Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिक उन्मुक्तिबाट अध्यक्ष श्रेष्ठ नै मन्त्री बन्ने

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।

कैलालीबाट निर्वाचित श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको हो । श्रेष्ठ हाल थुनामा रहेका पार्टीका नेता रेशम चौधरीकी पत्नी हुन् ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार तयारी गरेका छन् । दिउँसो ३ बजे सपथको कार्यक्रम छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्