एसइई परीक्षा दिने तरखरमा विद्यार्थी [तस्बिरहरू]

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
    
आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

देशकै पहिलो विद्यालय काठमाडौँको भोटाहिटीस्थित दरबार हाइस्कुलमा पनि विद्यार्थीहरू परीक्षा दिने तरखरमा देखिएका छन् ।

हेरौँ तस्बिरमा :

SEE (8)1680233398.jpg

SEE (1)1680233398.jpg

SEE (2)1680233398.jpg

SEE (4)1680233398.jpg

SEE (5)1680233398.jpg

SEE (7)1680233397.jpg

SEE (6)1680233397.jpg

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्