क्रिकेट खेलाडीद्वय राजवंशी र कँडेल विराटनगर महानगरद्वारा सम्मानित

शुक्रबार, चैत १७, २०७९

मोरङ– विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ । 

विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरूलाई सम्मान गरेका हुन् । 

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरूको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए । महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गरे । -रासस

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्