सेतो मच्छिन्द्रनाथको रथयात्रामा रौनक [तस्बिर कथा]

बुधबार, चैत १५, २०७९

काठमाडौँ– काठमाडौँको तीनधारा पाठशालाबाट आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा (जनवाह द्यः)  सुरु भएको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । आजबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर रत्नपार्क, भोटाहिटी हुँदै असन पुराइन्छ ।

seto_machhindranath_start61680099873.jpg

रथयात्रा अन्तर्गत दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । 

seto_machhindranath_start71680099873.jpg

तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

seto_machhindranath_start81680099873.jpg

seto_machhindranath_start91680099873.jpg

seto_machhindranath_start101680099873.jpg

seto_machhindranath_start21680099872.jpg

seto_machhindranath_start31680099872.jpg

seto_machhindranath_start41680099872.jpg

seto_machhindranath_start51680099872.jpg

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्