Nic Ad Nic Ad
Nic Ad Nic Ad

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुधबार, चैत १५, २०७९

काठमाडौं –सानिमा बैंकले ‘ग्लोबल मनी विक’को अवसरमा देशभरका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रमका लागि बैंकका कर्मचारीहरूलाई ३ दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी दिइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरूमार्फत छनोट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम बैंकले सञ्चालन गरेको थियो ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्