Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

बुधबार, चैत १५, २०७९

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कप क्रिकेटका लागि प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेको छ ।

samridhi jewllers

क्यानले आज बिहान २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । 

टोलीमा नेपालले पछिल्लो समय लिग टू खेलेका सबै खेलाडीहरू समावेश छन् । साथै, यू–१९ राष्ट्रिय टोलीका कप्तान देव खनालले समेत स्थान बनाएका छन् ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म नेपालमै हुनेछ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् भने विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

पछिल्लो समय नेपाली टोली लयमा छ । यसर्थ, नेपालले छनोट चरण पार गर्दै एसिया कप खेल्ने आशा गरिएको छ । 

यस्तो छ टोली :

May be an image of one or more people and text

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्