एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

मंगलबार, चैत १४, २०७९

काठमाडौं –एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रर्वद्दन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।
‘नेपालका राष्ट्रिय विभूतिहरू’ भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् । 
कार्यक्रमा सचिव अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रर्वद्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभूतिहरूलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्