प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना युवा धरौटी तिरेर छुटे

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरु धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन् ।

उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो । प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्