नेपाल–भारत बीचको सम्बन्धमा नयाँ आयाम विस्तार हुँदैछ : मन्त्री किराती

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू विस्तार हुने क्रममा रहेको बताएका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल–भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने उनले बताए ।

मन्त्री किरातीले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेकोसमेत उल्लेख गरे । उनले नेपाल–भारत बीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाइमा पर्याउने विश्वास व्यक्त गरे । यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने उनको भनाइ छ ।

मन्त्री किरातीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्