अन्तिम ट्वान्टी–२० मा पाकिस्तान ६६ रनले विजयी

मंगलबार, चैत १४, २०७९

काठमाडौं –अफगानिस्तानविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा पाकिस्तान ६६ रनले विजयी भएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित शारजाहा क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८३ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १८.४ ओभरमा सबै विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो ।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्