Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

आज बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या बताए । 

आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको भन्दै सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने धारणा पनि राखे ।

मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितको समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ । सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने सभापति लामिछानेले बताए ।

मिटरब्याज पीडितहरूको बिरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्