रातभर खुलामञ्चको गेटमा बसेका मिटरब्याजपीडित बालुवाटार पुगेर धर्नामा [तस्बिरहरू]

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– रातभर खुलामञ्चको गेटमा बसेका मिटरब्याजपीडितहरू अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । न्याय माग्न बालुवाटार पुगेर धर्नामा बसिरहेका पीडितलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेर समर्थन जनाएका छन् ।

साथै, गृह मन्त्रालयका प्रवक्ता, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, एसएसपीलगायत समेग उनीहरूलाइै भेट्न बालुवाटार पुगेका छन् ।

चर्को मिटरब्याजविरुद्ध आन्दोलन गर्न महोत्तरीको बर्दिबासदेखि काठमाडौँ आएका पीडितहरूले सोमबार खुलामञ्च बाहिरै रात बिताएका थिए ।

संघीय सरकारले खुलामञ्चमा बस्ने ठाउँ तोकेको भए पनि महानगरपालिकाले सो स्थानमा धर्ना बस्न नदिएपछि अलपत्र परेका पीडितले खुल्लामञ्च बाहिरै रात बिताएका थिए ।

सोमबार दिउँसो खुलामञ्चभित्र बसेर शान्तिपूर्ण धर्ना दिन काठमाडौँ महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले रोक लगाएको भन्दै उनीहरू मञ्चको गेटमै धर्ना बसेर नाराबाजी समेत गरेका थिए ।

मेयर शाहले सोमबार सामाजिक सञ्जालमार्फत काठमाडौँ आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको भन्दै पीडितहरूलाई पशुपति धर्मशालामा गएर बस्न अनुरोध गरेका थिए । उनले  धर्मशालामा बास र खानाको ब्यवस्थापन गर्न महानगर तयार रहेकोसमेत बताएका थिए । तर, उनीहरूले मानेनन् ।

हेरौँ केही तस्बिरमा :

miterbyaj pidit (1)1679976031.jpg

miterbyaj pidit (5)1679976031.jpg

miterbyaj pidit (4)1679976031.jpg

miterbyaj pidit (3)1679976031.jpg

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्