मिटरव्याज पीडितले मानेनन् बालेनको आग्रह, खुल्लामञ्च बाहिरै रात कटाउने [तस्बिर कथा]

सोमबार, चैत १३, २०७९

काठमाडौँ– मिटरव्याजी विरुद्ध आन्दोलन गर्न महोत्तरीको बर्दिबासदेखि काठमाडौँ आएका मिटरव्याज पीडितहरुले खुल्लामञ्च बाहिरै रात बिताउने भएका छन् ।

संघीय सरकारले खुलामञ्चमा बस्ने ठाउँ तोकेको भएपनि महानगरपालिकाले सो स्थानमा धर्ना बस्न नदिएपछि अलपत्र परेका पीडितहरुले खुल्लामञ्च बाहिरै रात बिताउने भएका हुन् ।

meter_byaj_pidit161679930063.jpg

सोमबार दिउँसो खुल्लामञ्च भित्र बसेर शान्तिपूर्ण धर्ना दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले रोक लगाएको भन्दै उनीहरु मञ्चको गेटमै धर्ना बसेर नाराबाजी समेत गरे ।

मेयर साहले आजै सामाजिक सञ्जालमार्फत काठमाडौँ आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको भन्दै पीडितहरुलाई पशुपति धर्मशालामा गएर बस्न अनुरोध गरेका थिए । उनले  धर्मशालामा बास र खानाको ब्यवस्थापन गर्न महानगर तयार रहेको समेत बताएका थिए । 

meter_byaj_pidit171679930092.jpg

मेयर बालेनले भनेका छन्, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ र उहाँहरुको मागप्रती ऐक्यवद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौँ ।’ 

अहिले पनि रत्नपार्क छेउछाउ अलपत्र परेका मिटरव्याज पीडितहरुले आफूहरुले तोकिएको ठाउँमा धर्ना बस्न नपाएको भन्दै आक्रोशित भएका छन् । न्याय नपाउँदासम्म खुल्लामञ्चमै शान्तिपूर्ण धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । 

meter_byaj_pidit131679930143.jpg

meter_byaj_pidit141679930143.jpg

meter_byaj_pidit151679930143.jpg

meter_byaj_pidit181679930143.jpg

meter_byaj_pidit191679930143.jpg

meter_byaj_pidit91679930142.jpg

meter_byaj_pidit101679930142.jpg

meter_byaj_pidit111679930142.jpg

meter_byaj_pidit31679930141.jpg

meter_byaj_pidit41679930141.jpg

meter_byaj_pidit51679930141.jpg

meter_byaj_pidit61679930141.jpg

meter_byaj_pidit71679930141.jpg

meter_byaj_pidit81679930141.jpg

meter_byaj_pidit11679930140.jpg

meter_byaj_pidit21679930140.jpg

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्