बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

सोमबार, चैत १३, २०७९

नेपालगञ्ज– बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् ।

उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए ।
‘पूर्वतिर जस्तो समस्या देखिएको छैन,’ उनले भने । 

प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए ।

मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन सुरु गरिएको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्