लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले गरे दाबी पेश

आइतबार, चैत १२, २०७९

बुटबल–लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशभमा माओवादी केन्द्रसहित ४ दलले समर्थन फिर्ता लिएपछि चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले प्रदेश प्रमुख शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी)का भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा परेका छन् । उनले १ महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।

लुम्बिनीमा कांग्रेसको २७, नेकपा एमालेको २९, नेकपा माओवादी केन्द्रको १०, राप्रपाको ४, नेकपा (एकीकृत समाजवादी)को १, जनतमत पार्टीको ३ र नागरिक उन्मुक्तिको ४ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्