लुम्बिनीमा कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर

आइतबार, चैत १२, २०७९

बुटवल –लुम्बिनी प्रदेश सरकारमा मुख्ममन्त्री लिला गिरी अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्न कसरत सुरु भएको छ । नेकपा (एमाले)का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो ।

राष्ट्रपति निर्वाचनले परिवर्तन भएको सत्ता समीकरणका कारण लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ ।  

माओवादी केन्द्रबाट सरकारमा सहभागी ३ मन्त्रीहरूले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा बुझाइ सकेको छन् ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ । चौधरीलाई माओवादीले समर्थन गर्ने जनाएको छ ।

चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षरसहित दाबी गरिन लागिएकोछ ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले सरकारको दाबीमा ५४ जनाले हस्ताक्षर गरिसकेको बताए । उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका ५४ सांसदले चौधरीलाई मुख्यमन्त्री समर्थन गरिसकेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्