कतार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : मोरोक्कोको रोमाञ्चक जित

आइतबार, चैत १२, २०७९

काठमाडौं –कतार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आइतबार मोरोक्कोले ब्राजिलविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।

गत वर्ष कतारमा सम्पन्न विश्वकपमा क्रोएसिया, पोर्चुगल जस्ता राष्ट्रलाई पराजित गर्दै मोरोक्कोले सनसनीपूर्ण सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

आइतबार घरेलु मैदानमा मोरोक्कोलाई जित दिलाउन सोफिएने बोउफल र अब्देलहमिद साबिरीले गोल गरे । ब्राजिलका कासिमिरोले गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।

सोफिएने बोउफलले २९औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काएका थिए ।

जितसँगै मोरोक्कोले विश्व वरीयताको दोस्रो स्थानमा रहेको ब्राजिलविरुद्ध २–१ को रोमाञ्चक पक्का गरेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आइतबारै भएको खेलमा जर्मनीले पेरूविरुद्ध २–० को जित निकालेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्