राष्ट्रपति पौडेल गोरखामा

आइतबार, चैत १२, २०७९

गोरखा –गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आएका छन् ।

आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आएका हुन् । मन्दिरमा पूजा अर्चना र दर्शन आइतबार नै राजधानी फर्कने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको बुझिएको छ ।

यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा आम नागरिकले उनको प्रशंसा गरेका थिए ।


 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्