अमृत साइन्समा स्ववियु निर्वाचन क्याम्पसमा चैत १८ गते हुने

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । शुक्रबार क्याम्पसमा भएको छलफलपछि १८ गते निर्वाचन गर्ने निर्णय भएको हो । 

निर्वाचनको पूर्वसन्ध्यामा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । जसले गर्दा ५ चैतमा निर्वाचन हुन सकेको थिएन। बिहीबार क्याम्पस प्रशासनसँग अखिल क्रान्तिकारीको ताला खोल्ने सहमति भएको थियो । 

क्रान्तिकारीसँग सहमति भएपछि निर्वाचन गर्ने वातावरण बनेको हो । यसअघि उच्च अदालत पाटनले समेत यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको तियो । 

क्याम्पस प्रमुख डा. लोकबहादुर बरालले अब तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्