पवित्र रमजानको प्रार्थना [तस्बिर कथा]

शुक्रबार, चैत १०, २०७९

इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ अर्थात व्रतको महिना सुरु भएको छ । 

हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य भएसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि यस वर्षको रमजान सुरु भएको हो ।

‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोहीअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले शुक्रबार ‘रोजा’ सुरु गरेका हुन् ।

हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ । यसअनुसार ‘सवान’ सकिएपछि बिहीबार साँझ चाँद (चन्द्रमा) देखिएको हुँदा रमजान महिना शुक्रबारबाट प्रारम्भ भएको हो ।

इस्लाम धर्मावलम्बीले गए बिहीबार राति नै मस्जिद (धार्मिक प्रार्थनास्थल) मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान शरिफको ‘रोजा’ (व्रत) सुरु गरेका हुन् । 

इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाई १ महिनासम्म ‘रोजा’ अर्थात् व्रत गर्ने परम्परा छ ।  

नेपाल र भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आएअनुरुप बिहीबार राति चन्द्रमा देखिएकाले शुक्रबार  ‘रोजा’ सुरु गरिएको नेपाली मुसलमानको भनाइ छ ।  

रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । रमजान महिनामै पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा आएकाले यो महिनामा गरिने व्रत अत्यन्त पुण्यदायक हुने इस्लाम मान्यता छ ।  

बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । 

१ महिने रोजा सम्पन्न भएसँगै हिजरी संवतको ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन इद–उल–फित्र पर्व मनाउने गरिन्छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।

16796480601201679655067.jpg

16796480601061679655056.jpg

16796480600931679655043.jpg

16796480600801679655033.jpg

16796480600671679655023.jpg

16796480600531679655012.jpg

16796480600401679654996.jpg

16796480600271679654981.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि रमजान सुरु
शुक्रबार, चैत १०, २०७९