राम्रा ३ मन्त्रालय नपाए सरकारमा जाँदैनौं : झलनाथ खनाल

शुक्रबार, चैत १०, २०७९

फिदिम–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्ना् पार्टीलाई ३ वटा मन्त्रालय दिनुपर्ने दाबी गरेका छन् । उनले आफूहरूले मागे जति मन्त्रालय नपाए सरकारमा नजाने चेतावनी दिए ।

सदरमुकाम फिदिममा शुक्रबार भएको पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई ३ वटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरे । ‘एकीकृत समाजवादी पार्टीले निर्वाह गरको भूमिकाबाट यो सरकार निर्माण भएको हो,’खनालले भने, ‘हाम्रो योगदानलाई बेवास्ता गरे हामी सरकारमा सहभागी हुँदैनौ ।’ खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत गरे गर्दै भने, ‘कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो हुँदैन ।’

‘कुनै पनि दलको बहुमत नपुग्नु ठूलो दुर्भाग्य हो,’खनालले भने,‘वर्तमान सरकार धेरै दलहरूलाई मिलाएर गठन गरिदैछ । यस्तो परिस्थितिमा कुन दल कतिखेर भड्किन्छ र सरकार ढल्छ भन्ने टुंगो छैन् ।’ 

‘कोशी’ प्रदेशको नामको विषयमा बहस आवश्यक रहेको तर,नाम परिवर्तको विषयमा आन्दोलन गर्नु असान्दर्भिक भएको खनालको भनाइछ ।

पछिल्लो राजनीतिक समीकरणअनुसार सबै प्रदेशहरूमा नयाँ सरकार गठन हुने उनले दाबी गरे ।

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न संकट रहेको उल्लेख गर्दै उनले कोशी प्रदेशमा सरकार गठन गर्न सजिलो नरहेको बताए ।

खनालले भने,‘अहिलेकै अवस्थामा सरकार गठन गर्न कुनै पक्षसँग पर्याप्त संख्या छैन् ।’ 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्