पुरुषभन्दा महिलाको जनसङ्ख्या झण्डै ३ प्रतिशत धेरै

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– नेपालमा महिलाको जनसङ्ख्या पुरुषको भन्दा झण्डै ३ प्रतिशत बढी पाइएको छ । आज सार्वजनिक भएको जनगणनाको अन्तिम परिणामअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । यो कूल जनसङ्ख्याको ४८.९८ प्रतिशत हो ।

यस्तै, महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जुन ५१.०२ प्रतिशत हुन आउँछ ।

जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको सङ्ख्या ९५.५९ जना रहेको छ ।

नतिजाअनुसार जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । 

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । 

त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्