विराट गोल्डकप आजदेखि हुँदै

बिहीबार, चैत ९, २०७९

विराटनगर –विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताका सबै खेलहरू रातिको समयमा हुनेछ । 

साँझ ६ बजेदेखि औपचारिक कार्यक्रमबीच सुरु हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने छन् ।

प्रतियोगितामा नेपालका ३ विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबका साथै संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् । 

यस्तै, दिल्ली एफसी र केरलाको लुका सकर क्लब सहभागी नहुने भएपछि दिल्लीको ठाउँमा ड्रयुक लयुल फुटबल क्लब भुटान सहभागी हुने भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्