सुनको मूल्य फेरि बढ्यो

बिहीबार, चैत ९, २०७९

काठमाडौं–नेपाली बजारमा सुनचाँदीको फेरि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो ।

मूल्य बढेपछि छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्