असनमा यसरी गराइयो ७ देवीहरूको भेट [तस्बिर कथा]

बुधबार, चैत ८, २०७९

बुधबार काठमाडौँको व्यस्त बजार असनमा बेग्लै रौनक थियो । पाहाँ चह्रेको अन्तिम दिन दिउँसो देवीको खट जुधाउने जात्रा भयो ।

रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भए ।

भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा÷ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन् जसलाई स्थानीय भाषामा ’द्य ल्वाकेगु’ भनिन्छ ।

पहिले असनमा सात खटको जात्रा हुने बूढापाकाहरु बताउँछन् ।

असनमा घोडेजात्राको अवसरमा खट जुधाउने जात्रा निकालिन्छ । विशेषतः नेवारी समुदायमा मनाउने यस जात्रामा ७ देवीहरुलाइ भेट गराउने चलन छ । दिदीबहिनी भेटाउने जात्राको रुपमा मनाउने यस पर्वमा नेवार समुदायले आफ्ना घरका चेलीबेटीलाई बोलाएर भोज समेत खुवाउने चलन छ । जसरी देवता चेलीबेटीको घर घर लगेर खट जुडाउने परम्परा छ सोही अनुरुप खट जुधाउनेलाई नै धार्मिक मान्यतामा देवीहरुको भेट मानिन्छ ।  मुख्यजात्रा हुने देवीदेवताहरु श्री कंकेश्वरी माता, श्रीलुमडीः भद्रकाली, श्री वचु भद्रकाली लगायत काठमाडौका स्थानीय देवीदेवताहरुको खटजात्रा हुने गर्दछ ।

201679483404.jpg

191679483389.jpg

181679483374.jpg

171679483358.jpg

161679483340.jpg

11679482793.jpg

21679482778.jpg

31679482763.jpg

41679482732.jpg

51679482715.jpg

61679482698.jpg

91679482677.jpg

101679482664.jpg

111679482645.jpg

121679482631.jpg

131679482615.jpg

151679482603.jpg
141679482588.jpg

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्