तोलामा २ हजारले घट्यो सुनको मूल्य

बुधबार, चैत ८, २०७९

काठमाडौँ –सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ७ हजार ८ सय र तेजाबी सुन १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । 
मंगलबार छापावाल सुन १ लाख ९ हजार ८ सय र तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ । योसँगै बुधबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्