नेभिगेशन
समाज विविध

वाम्बुले भाषामा स्थानीय पाठ्यक्रम बन्ने

ओखलढुंगा–मानेभञ्ज्याङ गाउँपालिकाले ‘किरात वाम्बुले राई भाषा’को पाठ्यक्रम बनाउने भएको छ । पाठ्यक्रम बनाउन गाउँपालिकाले बजेट पनि विनियोजन गरेको छ ।

वाम्बुले जातिको बाहुल्य रहेको मानेभञ्ज्याङ पाठ्यपुस्तक तयारीका लागि १२ औं गाउँसभाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका वडा –५ का अध्यक्ष रामकुमार राईले जानकारी दिए ।

‘बजेट छुट्याइएको छ,तर पाठ्यक्रम बनेको छैन,’उनले भने । पाठ्यक्रम निर्माणपछि गाउँपालिकाभित्रका विद्यालयहरूमा पढाइ हुने गाउँपालिकाले जनाएको छ ।

नेपालको संविधानमै आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकार छ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत तहको कक्षा १ देखि ८ सम्म एउटा विषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध