पूर्वी अफ्रिकी प्रहरीको खेलकुद रुवान्डामा सुरु

बुधबार, चैत ८, २०७९

किगाली– पूर्वी अफ्रिकाका प्रहरी संस्थाहरूका लागि खेलहरूको चौथो संस्करण मङ्गलबार रुवाण्डाको राजधानी सहर किगालीमा सुरु भएको छ । उक्त खेलको उद्देश्य सीमापार अपराध विरुद्ध लड्न सहयोग बढाउने  रहेको बताइएको छ। मार्च २७ सम्म चल्ने वार्षिक खेलहरू पूर्वी अफ्रिका प्रहरी प्रमुख सहयोग सङ्गठनको एक क्षेत्रीय प्रहरी निकायद्वारा आयोजित गरिन्छ।

उक्त खेलकुदमा फुटबल, ह्यान्डबल, नेटबल, भलिबल, बिच भलिबल, बास्केटबल, कराते, तेक्वान्दो र बक्सिङ प्रमुख खेलहरू  समावेश छन्। खेलकुदको माध्यमबाट अन्तरराष्ट्रिय सङ्गठित अपराध विरुद्ध लड्न प्रहरीको सहयोगलाई बढावा दिने भन्ने नाराका साथ आयोजना गरिएको थियो ।

खेलहरू पूर्वी रुवान्डाको किगाली र बुगेसेरा जिल्लाका २० विभिन्न खेल मैदानमा खेलाइनेछ जसको उद्घाटन र समापन समारोह क्रमशः नयाँ उद्घाटन किगाली पेले स्टेडियम र बिके एरेनामा हुनेछ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्