टुँडिखेलमा घोडाको कमाल (तस्बिर कथा)

मंगलबार, चैत ७, २०७९

काठमाडौं- उपत्यकामा मंगलबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

त्यसक्रममा नेपाली सेनाका घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका थिए । घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्ने प्रचलन छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै मिथकका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलन चलेको बताइन्छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।

31679399567.jpg

21679399554.jpg

11679399541.jpg

336618711_906851047193274_9120619848130685572_n1679398669.jpg

336600607_725434069389812_3717944163344411950_n1679398688.jpg

336588677_584239907089496_8570199474018820792_n1679398705.jpg

336583335_1355379115239649_7841061652997143789_n1679398721.jpg

336582398_891311575480702_4511523465674809972_n1679398736.jpg

336565589_155326097446002_7074927340548657403_n1679398760.jpg

336525715_772028297783329_8394834619299409990_n1679398776.jpg

336513958_903511370989699_4657872080210423695_n1679398793.jpg

336361098_121152550835236_1104708727690426643_n1679398808.jpg

336354364_6191797787525808_2281705034558200787_n1679398821.jpg

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्