नेभिगेशन
समाचार

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ –१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि भने आयोगले यसअघि नै दल दर्ता गरेको थियो । 

आगामी वैशाख १० गते, तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार