युक्रेनलाई हतियार दिने अमेरिका हो, चीन होइन : चिनियाँ विदेश मन्त्रालय

सोमबार, चैत ६, २०७९

बेइजिङ– द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् ।

‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने  गरेको हो’, प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भनेका छन् ।

चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताएका छन् ।

‘युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो’, वाङले संयुक्त राज्य अमेरिकालाई आगोमा  घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरेका छन् ।

अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ, वाङले थपे ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार