जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

सोमबार, चैत ६, २०७९

काठमाडौँ– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा)बाट दिएको राजीनामा स्वीकृत भएको छ । 

जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्