उपराष्ट्रपति यादवको सपथ आज

सोमबार, चैत ६, २०७९

काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनियताको सपथ दिँदैछन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिनेछन् ।  

निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिवेदन बुझाएपछि आज उपराष्ट्रपति यादवलाई सपथ गराउने कार्यक्रम छ । 

सपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे हुने तय भएको छ ।

यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्