कोसी नामकरणविरुद्ध प्रदर्शन

आइतबार, चैत ५, २०७९

विराटनगर –प्रदेश १ को नाम कोसी प्रदेश कायम भएकोविरुद्ध विराटनगरमा आइतबार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

त्यस क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको थियो । त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । 

उनीहरूले एमाले विरुद्धमा पनि नाराबाजी गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए । 

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । त्यस क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्