झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

आइतबार, चैत ५, २०७९

झापा –झापाका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) निर्वाचन स्थगित भएको छ । जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा, गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन स्थगित भएको हो ।

काकडभिट्टा क्याम्पसमा अनेरास्ववियुको विरोधका वावजुद निर्वाचन कार्यक्रम सार्वजनिक गरेको भन्दै सो संगठनले कलेज हातामा तालाबन्दी बन्द गरेको छ । यहाँ ११ चैत्रमा निर्वाचन हुने गरी तालिका सार्वजनिक भएको छ ।

गरामनि क्याम्पसमा भने ५४ जना विद्यार्थी छन् । नेविसंघको उम्मेदवारी नपरेको भन्दै अनेरास्ववियुको एकल समितिको नाम टाँसिएपछि नेविसंघले विरोध गर्दा निर्वाचन स्थगित भएको हो ।

त्यस्तै गौरादह क्याम्पसमा अनेरास्ववियुले एकमुष्ट १ लाख १३ हजारको चेक जम्मा गरेर विद्यार्थीको इच्छा विपरीत भर्ना गरेको भन्दै विरोध भएपछि निर्वाचन स्थगित भएको हो ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्