उपराष्ट्रपति यादवको सपथ भोलि

आइतबार, चैत ५, २०७९

काठमाडौं–नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिवेदन बुझाएपछि सोमबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्