मेयर बालेनले भने– राजनीति फुटाउने खेल हो, खेलकुदचाहिँ जोड्ने [तस्बिर कथा]

शनिबार, चैत ४, २०७९

काठमाडौँ– महानगरपालिकाका मेयर बालेन शाहले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका छन् ।

शहीद स्मारक एु डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका हुन्। 

balen1679155562.jpg

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति फुटाउने खेल हो, खेलकुदचाहिँ जोड्ने ।’ उनले अब खेल क्षेत्रलाई प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

‘राजनीति फुटाउने खेल हो , खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय क्रिकेटलाई  फुटबल को सम्मान , यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो’ उनले लेखेको छन् ।

balen21679155562.jpg

मेयर शाह आज भएको उक्त कार्यक्रममा उपस्थित भएका थिए। ​नेपाली क्रिकेट टोली विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै एमडीएसीले आज सम्मान गरेको थियो। 

balen31679155562.jpg 

cricket_team_nepal1679152641.jpg 

cricket11679152659.JPG

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्