नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित

शनिबार, चैत ४, २०७९

काठमाडौँ– नेपाल कमर्स क्याम्पस मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको छ ।

शनिबार साँझ क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जनाएका हुन् ।

आज साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेका थिए । विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै स्ववियु निर्वाचनको मतदानभन्दा अघिल्लो साँझ स्थगित भएको हो ।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । निर्वाचनका लागि त्रिविअन्तर्गतका अन्य आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् ।

देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । 

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो । 

nepal commerce college1679153662.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्