सोह्रखुट्टे नजिकै सडकपेटीमा महिला मृत फेला

शनिबार, चैत ४, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले आज सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा मृतावस्थामा फेला परेकी हुन् ।

मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौैँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार