सुदूरपश्चिम सरकारले दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सम्मान गर्ने
शनिबार, चैत ४, २०७९
धनगढी–नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ ।
सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो । टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसि यु–१९ विश्वकपमा सहभागी खेलाडी र अफिसियल लाई सम्मान गर्ने बताएका थियो ।
प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई ५० हजार रुपैयाँका दरले सम्मान गरिने सरकारले घोषणा गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १४:३१
प्रतिक्रिया दिनुहोस्