नेभिगेशन
समाचार

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा महेन्द्र मोरङमा पनि ताला

विराटनगर–स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै  नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनी धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले बताए ।

नेविसंघले शुक्रबार नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार