बर्दिबास चौथो महोत्सव सुरु
शनिबार, चैत ४, २०७९
महोत्तरी–महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ ।
‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सव सुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवको उद्घाटन गर्दै बर्दिबासको विशिष्ट पहिचानलाई महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान महोत्तरीको सङ्युक्त आयोजनामा सुरु भएको महोत्सव १३ चैत्रसम्म जारी रहनेछ ।
महोत्सवमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरीका विभिन्न पर्यटकीय क्षेत्रहरूको फोटो भिडियो पनि प्रदर्शन गरिएको छ ।
फोटो, भिडियो प्रदर्शनले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आयोजक पक्षले विश्वास लिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १४:१०
प्रतिक्रिया दिनुहोस्