नेभिगेशन
समाज विविध

विराटनगरमा निषेधित क्षेत्र तोकियो

विराटनगर –जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । प्रदेशको नाम कोसी प्रदेश नामकरण भएपछि असहमत विभिन्न समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि लागू हुने गरी निषेधित क्षेत्र तोकेको हो । 

जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

निषेधित क्षेत्र पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । 

त्यस स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्य गर्न पाइने छैन । निषेधित क्षेत्र उल्लंघत गरे प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कलाकार लक्ष्मी श्रेष्ठको निधन