यो साताको ७ तस्बिरमा सुन्दर धरहरादेखि व्यवस्थित दरवारमार्गसम्म

शनिबार, चैत ४, २०७९

51679118630.jpg

अहा धरहार ! देशकै प्रशासनिक भवन सिंहदरबार अगाडीको खुला सडकपेटीबाट देखिएको सुन्दर धरहराको दृश्य 

41679118691.jpg

दुई जिल्लाको सेतु : काठमाडौं र ललितपुर जोड्ने शङखमूलको साँघुरो पुल, पैदलयात्रु आवतजावत गर्न मात्र मिल्ने यस पुलमा मोटरसाइकल पनि ओहोरदोहर गर्छन् ।

11679118708.jpg


क्रिकेट क्रेज : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाल र युएईबीच बिहीबार भएको आईसीसी विश्वकप छनोट लिग २ को खेल हेर्न उत्साहित दर्शक रूखमै चढेर क्रिकेटको मनोरन्जन लिँदै

31679118753.jpg

पुनर्निर्माण कहिले ? २०७२ सालको भूकम्पले जिर्णो वसन्तपुर क्षेत्रको एक दरबार ७ वर्षदेखि पुनर्निमार्णको पर्खाइमा 

61679118786.jpg

नवीन रूप : २०७२ को विनासकारी भूकम्पमा क्षतिग्रस्त रानीपोखरीको नवनिर्मित नयाँ स्वरूप

71679118819.jpg

नयाँ 'लुक्स' : दरवारमार्ग क्षेत्रमा रहेको अव्यवस्थित पर्किङ्गलाई काठमाडौं महानगरले व्यवस्थित गरेपछि देखिएको दरबारमार्ग


81679118858.jpgमुक्त सडकपेटी : पैदलयात्रु हिंड्न बनाइएको सडकपेटी अर्थात् फुटपाथमा लाग्ने बजार काठमाडौं महानगरले हटाएपछि खुला मन्च र सैनिक मन्चबीचको मुक्त फुटपाथ
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्