नेभिगेशन
समाज विविध

इटहरी उपमहानगरको नगरसभा अनिश्चितकालिन स्थगित

इटहरी -इटहरी उपनगरपालिकाको १२ औं नगर सभा शुक्रबार अनिश्चितकालिन समयका लागि स्थगित भएको छ ।

२७ चैतबाट सुरु भएको हिउँदे नगरसभा सक्ने समय तालिका भएता पनि एमालेबाट विजयी सदस्यहरू सभाबाट बाहिरिएसँगै नगरसभा अनिश्चित कालिन समयका लागि स्थगित गरिएको छ ।

नगरसभा स्थगित भएपछि प्रमुख हेमकर्ण पौडेलले इटहरीमा २० वैशाखमा भएको निर्वाचनमा कांग्रेस र एमालेबाट जनप्रतिनिधि विजयी भएता पनि एमालेले बहुमतको आडमा जनताको अभिमतलाई सम्मान गर्न नचाहेको जिकिर गरेका छन् ।

‘बहुमतको दम्भले गर्दा आफूमाथि उहाँहरूद्वारा (एमालेका जनप्रतिनिधि) तगारो भएर इटहरीको विकासमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ,’ उनले भने, ‘म हदैसम्म लचकताका साथ प्रस्तुत हुँदा पनि तगारो बन्ने काम भइरहेको छ ।’

नगर सभामा सबैभन्दा महत्त्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचरण सम्बन्धी ऐन पास गर्ने कार्य तालिका थियो । कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियाशील राजनीति दलको नेतृत्वबिच सहमति भएकै आधारमा नगर सभाबाट टुङ्ग्याउने योजना रहेको थियो । यद्यपि, नगर सभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेलले अनिश्चितकालका लागि नगर सभा स्थगित भएको घोषणा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कलाकार लक्ष्मी श्रेष्ठको निधन