राष्ट्रिय एकतालाई मजबुद बनाउने अभिभारा आयो : नवनिर्वाचित उपराष्ट्रपति यादव

शुक्रबार, चैत ३, २०७९

काठमाडौं–नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।’

उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार बमोजिम इमान्दारीपूर्वक जनताको हितमा काम गर्ने उनको भनाइ छ। संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवर्द्धन गर्न भूमिका निर्वाह गर्ने उनले बताए ।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्