शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ को मेगा लक्की–ड्र सम्पन्न

शुक्रबार, चैत ३, २०७९

काठमाडौ– शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेता तर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।

मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कारवापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५÷५ तोला सुन प्राप्त गरेका छन् ।

दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३÷३ तोला सुन जितेका छन भने तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाइजनिक प्रा.लि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २÷२ तोला सुन जित्न सफल भएका छन् । 

त्यस्तै चौथो ८ जनालाई १÷१ तोला सुन तथा अन्य १० जनाले आधा÷आधा तोला सुन जित्न सफल भएका छन् ।

यसअघि भएका मासिक लक्की–ड्रहरूबाट उपभोक्ता तर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरूको छनोट भइ सकेको छन् । 

जसअन्तर्गत ४ जोडीले थाईल्याड भ्रमण, ८ जोडीले गोसाईकुण्ड हेली टुर, २० जोडीले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी.चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

साथै स्योरसट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरूले सुन, चाँदी तथा नगद उपहारबाट लाभान्वित भएका छन् । 

शिवम् सिमेन्टले १८ मङसिरदेखि यो उपहार योजना सार्वजनिक गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्