कुमारी बैंकको बिमा सुविधासहित योजना सार्वजनिक

बिहीबार, चैत २, २०७९

काठमाडौं–कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै आवधिक जीवन बिमामार्फत जोखिम व्यवस्थापन हुने बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक जीवन बमा सुविधा सहितकोे मुद्दती निक्षेप योजना सार्वजनिक गरेको यस बैंकले कुमारी जीवनबिमा टु एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ ।

योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ । योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम पचास हजारदेखिको मुद्दति खाता खोल्न सक्नेछन् भने निक्षेपकर्ताले अधिकतम १ करोड रूपैयाँसम्मको जीवन बिमा लगायतका सुबिधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्