प्रधानमन्त्रीको क्रिकेट ‘क्रेज’ [तस्बिरकथा]

बिहीबार, चैत २, २०७९

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल चलिरहेको छ । खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउन खेलस्थल पुगेका हुन् ।

मैदान बाहिर पनि दर्शकको भिड छ । समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हम्मेहम्मे परेको छ ।

दर्शकहरूको उल्लेख्य साथ पाएको घरेलु टोलीको हौसला पनि बढेको छ ।

समर्थकहरु पन्चेबाजासहित उपस्थित भएका छन् । नेपालको समर्थनका लागि सामाजिक सञ्जालबाट नै रकम उठाएर समर्थकहरू पञ्चेबाजासहित उपस्थित भएका हुन् ।

नेपालको झण्डासहित राष्ट्रिय टोलीको जर्सीमा पनि समर्थकहरूको भिड कीर्तिपुरमा देखिएको छ । 

336220735_764744394860850_8661458281791640343_n1678945256.jpg

336407012_590739466434020_2533202260634105257_n1678945274.jpg

336235479_870626804036750_4101798412746859666_n1678945306.jpg

336226789_1688530954878436_2612322518362570711_n1678945321.jpg

336175563_212696868082457_6879679668036427124_n1678945333.jpg

335431592_230436426177962_9109392572382165458_n1678945356.jpg

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्