नेपाली टोलीलाई शुभकामना दिँदै ओलीले भने– मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो 

बिहीबार, चैत २, २०७९

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । 

खेल सुरु हुनुभन्दा अघि शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै रहेको बताएका छन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !’, उनले फेसबुकमा लेखेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल चलिरहेको छ । खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउन खेलस्थल पुगेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार